नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ काे मतदान सम्पन्न,

नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ काे मतदान शान्तिपूर्ण बाताबरणमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको १४ अाै महाधिवेशन अन्तरगत क्षेत्र नं २ काे निर्वाचन बाबियाचाैरमा भएको हाे ।

बिहान १० बजे देखि सुरु भएको मतदान साझ ५ बजे सकिएकाे हाे । जम्मा ८ सय ६७ मतदाता रहेकाे केन्द्रमा ८ सय २४ जनाले मतदान गरेकाे निर्वाचन समितिले जनाएको छ ।

काङ्ग्रेसको क्षेत्रीय सभापतिका लागि ईन्द्रबहादुर रावल र ललित भट्टराई बिच प्रतिस्पर्धा भएको हाे । मतगणना अबकाे केही समयपछि नेपाली काङ्ग्रेसको क्षेत्रीय पार्टी कार्यालय बाबियाचाैरमा हुने भएको छ ।

मतदानमा सहयोग गर्ने सबैलाई निर्वाचन समितिले धन्यवाद समेत दिएकाे छ ।

यता नेकपा ( माअाेबादी केन्द्र ) र नेकपा समाजवादी पार्टी पञ्चपुरीले बिद्यालयमा निर्वाचन गरिएको प्रति अापत्ति जनाउदै बिज्ञप्ति प्रकाशन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...