नेपाली काङ्ग्रेस प्रदेश २ ख सुर्खेतकाे सभापतिमा बस्नेत र बिसी भिड्दै,

नेपाली काङग्रेसकाे १४ महाधिवेशन अन्तरगत प्रदेश २ ख सुर्खेतकाे सभापति छनाैटका लागि मतदान हुने भएको छ ।

सभापतिका लागि बराहताल गाउपालिका अध्यक्ष तेजबहादुर बस्नेत र पञ्चपुरी २ पलैटेका यामबहादुर बिसि बिच प्रतिस्पर्धा हुने भएको छ ।

बस्नेतले देउवा प्यानल बाट उम्मेदवारी दिएका छन भने बिसिले पाैडेल पक्षबाट उम्मेदवारी दिएका हुन । ३ अाेटा स्थानीय तहका प्रतिनिधिबाट मतदान हुने भएको छ । जसमा बराहताल र पञ्चपुरी देउवा पक्षले सभापति जितेको छ भने चाैकुने पाैडेल पक्षले सभापति जितेको छ ।

बराहताल, पञ्चपुरी र चाैकुनेका गरि ५ सय ४७ जना मतदाता रहेका छन । मतदान क्षेत्रीय पार्टी कार्यालय बाबियाचाैरमा भोलि बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...