सुर्खेतको चौकुने गाउँपालिकाबाट २७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलीले चौकुने गाउँपालिका ६ जुम्ल्याहा मुलमा जुवा खेलिरहेका २७ जना जुवाडेलाई नगदसहित गए राति सवा १ बजे पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट २ लाख २८ हजार नगद समेत बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरिक्षक बिनोद सुबेदीको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाइ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर पठाइएको छ । पक्राउ परेकाहरुको परिचय भने गोप्य राखिएको ।
