चाडपर्वलाई लक्षित गरि सुर्खेतको बराहताल गाउँपालिका भित्र रहेका ब्यापार ब्यावसाय हरुको आज अनुगमन गरिएको छ । चाडपर्वमा अखाद्य बस्तुको बिक्रीवितरण, सामाग्रीहरुको कालोवजारी गर्ने खालको जनगुनासो अनुसार आज बड्डिचौर बजारमा अनुगमन गरिएको हो ।
गाउपालिकाको टिमले बजारमा अनुगमनका क्रममा मुल्यसुचि टाँस नगरिएको, म्याद नाघेका खाद्य बस्तु बिक्रीका लागि राखिएको, पसलहरु दर्ता तथा सुचिकृत नगरेको पाईएपछि पहिलो पटक सुझाव दिएको गाउपालिका अध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
उपभोक्ताको हितलाई ध्यानमा राखि अनुगमन गरिएको र आगामि दिनमा यसलाई निरन्तरता दिने गाउपालिका अध्यक्ष भण्डारीले बताउनुभएको छ । अनुगमन समितिले बजारमा समितिले बजारमा रहेका उद्योग तथा कलकारखानामा समेत अवलोकन गरेको छ । त्यसैगरी पञ्चपुरी नगरपालिकाले पनि आज बिद्यापुर बजारमा अनुगमन गरेको छ ।