प्रथम युनियन गाेल्ड कपकाे उपाधी चाैर फुटबल क्लबलाई

115 पटक हेरिएको

सुर्खेतको पञ्चपुरीमा सञ्चालन भएको प्रथम युनियन गोल्डकपको उपाधि चाैर फुटबल क्लब ले जितेको छ । असोज ३१ गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा मिलनसार स्पोर्ट्स क्लब बाबियाचाैर र चाैर फुटबलको क्लब बिचकाे फाईनल खेलमा २-० काे गाेल अन्तरले चाैर फुटबल क्लवले जित हासिल गरेको हाे ।

युनियन क्लब सालकोटको आयोजनामा भएको फुटबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु १ लाख ११ हजार १११ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने मिलनसार स्पोर्ट्स क्लब बाबियाचौरले नगद रु ५१ हजार १११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा समापन कार्यक्रममा बोल्दै नगरप्रमुख लालवीर भण्डारीले खेलकुद क्षेत्रमा नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि खेलाडीहरूको मनोबल बढाउन खेलकुद कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । समापन कार्यक्रम क्लबका अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search