पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा सहितको टाेलीले अाज बाढि प्रभावित क्षेत्रकाे अवलोकन गरेकाे छ । टाेलीले कर्णाली नदिकाे कुइने र चिप्लेमा निर्माण भैरहेकाे पुलकाे अनगुमन र त्यसवाट भएको क्षेतिकाे बारेमा जानकारी लिएकाे हाे ।
अाइतबार देखि अाएकाे बर्षाले अाएकाे बाढिबाट पुल निर्माणका लागि प्रयाेग हुने मिक्सचर मेसिन, जेनेरेटर, सिमेन्ट, सरिया, सटिङका समाग्री बगाएको छ । कामदार तथा चाैकिदार बस्नकाे लागि बनाएका घर हरु समेत डुवाएकाे छ । स्थानीय नागरिक हरुकाे सहयोगले एउटा जेनेरेटर बग्न बाट जाेगाईएकाे छ ।
यसैबिच पञ्चपुरी नगरपालिका-११ स्थित कुइनेमा कर्णालीमा नदीमा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ । सोही स्थानका ४८ वर्षीया गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएका प्रहरीले जनाएको छ ।
सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधिन पक्की पुलका चौकीदार समेत रहेका शर्मालाई नदीले बगाएका सामान बचाउने क्रममा उनलाई पनि नदीले बगाएको थियो । शर्मालाई नदीले बगाएको भन्ने खवर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी तातापानीबाट ६ जनाको प्रहरी टोली उनको उद्दारका लागि खटिएको थियो ।
प्रहरी र स्थानीयबासीले खोजतलास गर्ने क्रममा शर्मा बगेको स्थानदेखी झण्डै चार सय मिटर तल झ्याङ्गझ्याङ्गे भन्ने स्थानमा फेला परेको कणर्ाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।