चौकुने गाउपालिका वडा नं ९ को आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न,

158 पटक हेरिएको

चौकुने गाउपालिका वडा नं ९ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हिजो घाटगाउमा सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता हृदयराम थानीले सुर्खेत पश्चिमको बिकास गर्नको लागि नै आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । नेता थानीले आफुलाइ निर्वाचित गराएमा पश्चिमलाइ बिकासको नमुना बनाउने समेत बताउनु भयो ।

त्यस्तै सुर्खेत क्षेत्र न. २ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार एवम् पुर्व मन्त्री विन्दमान विष्टले अहिलेको गठबन्धन सत्ता प्राप्ती नभएर लोकतन्त्रको रक्षाको लागि भएको दाबी गर्नुभएको छ । लोकतन्त्र र संविधानको रक्षाका लागी अहिलेको गठवन्धन अपरिहार्य रहेको बताउनुभएको छ । उहाले चुनाव जित्नकै लागी गठबन्धन गरिएको हो कि भन्ने भ्रममा मतदाताहरुलाई नपर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नरवहादुर विष्टले २०७४ को वामगठवन्धनले धोका दिएका कारण नै आफुहरु यो ठाउमा आईपुगेको बताउनुभयो । प्रतिपक्षी दल एमालले आफुले नगरेको कामको समेत प्रचार गर्ने गरेको उहाको भनाई रहेको थियो । आगामी निर्वाचनमा विना स्वार्थ पार्टीलाई बहुमतका साथ निर्वाचन जित्ने बातावरण तयार गर्ने आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...