तुर्माखाँद गाउँपालिकाद्वारा बजार अनुगमनमा तिब्रता,

बुधबार तुर्माखाँद गाउँपालिका कर्मचारी हरुकाे दुई टिम बनायर एक नम्बर वडा रहफ र दुई नम्बर वडा भैरवस्थान गरि ३५ वटा पसल गरी १४ वटा बिषय बस्तुको अनुगमन गरिएको र मूल्य सुचि र साईनबोर्ड नराखेको पसललाई ५ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई ७ दिन भित्र गर्नु भनि निर्देशन दिईएको छ ।

तुर्माखाँद गाउँपालिकाकाे ८ वटै वडाहरुमा अनुगमन गरिने निरन्तर गाउँ टाेल बस्तीका बजार अनुगमनको क्रममा अबैध मदिरा ,म्याद नाघेका सामानहरु चेक जाँच गरि नष्ट गरियकाे तुर्माखाँद गाउँपालिका प्रञ्जिकरण शाखा प्रमुख तपेन्द न्याैपानेले जानकारी दिए । अहिले पनि केही पसलहरुमा म्याद नाघेका खाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफतगरि नष्ट गरिएको, मुल्य सुची नाखेका पसलहरुलाई तत्काल मुल्य सूची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको गाउँपालिका असिस्टेन्ट सव ईन्जिनियर जनक बहादुर रावत ले बताए ।

म्याद नाघेका समानहरु बिष्कुट, सुजी, जिरा मसला ,भुजा मेडसन औषधि चिसाे ,फेन्टा ,चिउरा,खाने सोडा र पसलमा राखेका अबैध दारु लिची सहित तुर्माखाँद गाउँपालिका १ नम्बर वडा रहफ र तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थान दुई वडाहरु का पसल हरुमा रु:११००० (एघार हजार ) बराबरकाे म्याद नाघेका सामानहरु नष्ट गरिएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर शाहीको नेतृत्वमा गएको अनुगमन टोलीमा, अधिकृत छैटौं प्रेम बहादुर बुढा,तुर्माखाँद गाउँपालिका वडा नम्बर १ का अध्यक्ष उपेन्द्र रावल ,३ नम्बर वडा कार्यवाहक वडा अध्यक्ष लाेक बहादुर टमटा प्रञ्जिकरण शाखा प्रमुख तपेन्द्र प्रसाद न्याैपाने ,पाेषण सहजकर्ता गाेपाल बुढा ,पञ्जिकरण शाखा फिल्ड सहायक मन बहादुर बयक ,हर्क बहादुर बयक तुर्माखाँद गाउँपालिका वडा नम्बर एक प्रहरी चाैकी रहफ प्र.स.नी. भक्त बहादुर धामी र प्रहरी चाैकी भैरवस्थान का प्र. स. नी. राम बहादुर ऐडी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...