चाडपर्व नजिकिए संगै खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना हुने भएको हुदा सुर्खेतको पञ्चपुरी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको हो ।
यो वर्षको दशैँ तिहारको चाड पर्वलाई लक्षित गरि आज अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । टोलिले आज बिद्यापुर र पलैटे बजारको अनुगमन गरेको हो । अनुगमन गरिएका अधिकांश ब्यापारीले पसलमा मुल्यसुचि नराखेको, पसलहरु दर्ता बिना सञ्चालन गरेको पाइएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका तथा लेबल कैफियत भएका विभिन्न कम्पनीद्वारा उत्पादित बेसन, सुजी, दालमोट, कुरकुरे स्न्याक्स, चिप्स, चकलेट लगाएतका सामाग्री जफत गरिएको छ ।
अनुगमन गरिएको सबै पसललाई अबको पन्ध्र दिन भित्र मूल्यसूची राख्न, लेबल हेरेर खरिद विक्री गर्न, खाद्य र अखाद्य वस्तु अलग अलग राख्न र पसल दर्ता गर्न निर्देशन समेत दिएको छ ।
अनुगमनमा इलाका प्रशासन कार्यालय बाबियाचौर, इलाका प्रहरी कार्यालय, पञ्चपुरी नगरपालिका, उद्योग बाणिज्य संघ बाबियाचौरको समेत सहभागिता रहेको थियो