पञ्चपुरी ५ काे मुरमुरीमा ४ काेठे भवन उद्घाटन,

37 पटक हेरिएको

नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय पञ्चपुरी ५ मुरमुरी सुर्खेतकाे ४ काेठे भवनकाे अाज उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका स्वास्थ्य तथा सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री ले भवनकाे उद्घाटन गर्दै बिद्यालय काे बिकासका लागि अाफुले अाबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले भाैतिक बिकासले मात्रै सबै पूरा नहुने हुदा बिद्यालय राम्रो बनाउन अभिभावक र शिक्षककाे पनि महत्त्वपूर्ण भुमिका रहे बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयाेजक छबिलाल सिग्देल, पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मी लगाएतले बिद्यालयकाे सफलताको शुभकामना दिनुभएको छ । बिद्यालयका प्रधानाध्यापक बेला थापाले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता बि ब्य स अध्यक्ष जयन्ती कार्कीले गर्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...