सुर्खेतको पञ्चपुरी नगरपालिकाको कार्यालय परिसरमा आज सरसफाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीको नेतृत्वमा कर्मचारी सहित सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ ।
जैशीले सेवाग्राही सेवा लिन आउदा कार्यालय परिसरको बाताबरण बाट नै नगरपालिकाको पहिचान थाहा पाउने भएको हुदा परिसर सरसफाइ महत्त्व हुने बताउनुभएको छ । नगरपालिकालाई सुन्दर पञ्चपुरी बनाउन नगरपालिकाले प्रत्येक महिनाको १ दिन १ घण्टा सरसफाइ अभियान सञ्चालन गरिने बताउनुभयो ।
नगरपालिका भित्रका आन्तरिक र बाह्य धेरै कुरामा परिवर्तन ल्याउन जरुरी रहेको बताउदै जैशीले बिस्तारै सबैकुरा परिवर्तन गरिने बताउनुभएको छ । नगरपालिकाले सामाजिक संजालमा राखेको सरसफाइको अभियानको तस्बिरमा धेरै जनाले राम्रो काम भएको भन्दै प्रशंसा समेत गरेका छन ।
