हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

काठमाण्डौ – गृह मन्त्रालयले गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउनु अनुरोध गरिएको छ । यो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवम् मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम शुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...