सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना हुदा २५ जना भन्दा बढी यात्रु घाइते

काठमाडौंबाट सुर्खेत आउदै गरेको रात्री बस पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको हो । कर्णाली प्रदेश०२–००१ ख ०३६२ नम्बरको यात्रुबाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...