६ असोज सुर्खेत ।
सुर्खेतको पञ्चपुरीमा रहेको बाबियाचौर स्पोर्टस क्लवको आयोजना पाँचौ बाबियाचौर च्यालेन्ज कप २०८१ सञ्चालन हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा यही कार्तिक २ गतेदेखि पञ्चपुरीको बाबियाचौरमा खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक तयारीमा जुटिरहेको क्लबले जनाएको छ । प्रतियोगिता बाबियाचौरमा रहेको बिपी रंगशालाको खेलमैदानमा हुनेछ । क्लबका अध्यक्ष बीरेन्द्र रावलले प्रतियोगितामा सहभागी हुन खेलाडी, खेलसंस्थाहरुलाई आग्रह गरिएको जानकारी दिएका छन ।


उनका अनुसार टिम दर्ता यही कार्तिक १ गते सम्म गरिसक्नुपर्ने र टाइसिट सोही दिन वितरण हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई ४ लाख ५ सय ५१, दोस्रोलाई २ लाख ५ सय ५१ नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिनेछ । क्लबले टिमदर्ता शुल्क १६ हजार ५ सय ५१ तोकेको छ । क्लवले खेलकुद सञ्चालनको लागि स्रोत ब्यबस्थापन गर्नको लागि मदन रिमाललाइ आर्थिक ब्यवस्थापन समितिको संयोजक तोकेको छ ।












