नेकपा एमाले पञ्चपुरी नगरकमिटिले प्रदेश अधिबेशनका लागि सर्वसम्मत प्रतिनिधि छनाैट गरेकाे छ । सुर्खेत जिल्लाकाे पञ्चपुरी नगरपालिकामा भएको २ दिन सम्मकाे छलफलले १५ जना प्रतिनिधि सर्वसम्मत छनाैट गरेकाे हाे ।
पञ्चपुरी नगरकमिटीकाे बैठकले खुल्ला तर्फ तुल ब सहकारी, देबिराम भुसाल, रेशम राना, अम्मर चन्द, पदम रावल र खगेन्द्र रिमाललाई छनाैट गरेकाे छ । त्यसैगरी महिला प्रतिनिधि तर्फ टिका राना, पवित्रा बिसि र मञ्जु रिमाललाई सिफारिस गरिएको छ ।
बैठकले दलित तर्फ मन ब कामी, कर्ण ब सुनार, रमेश बौडेल, शेर ब सार्की, चन्द्र ब सार्की, सरिता नेपाली र चाैकुने वाट कमला बि क लाई छनाैट गरेको युवा संघ पञ्चपुरीका सचिव युवराज आचार्यले जानकारी दिएका छन । नेकपा एमालेकाे प्रदेश अधिबेशन असाेज १० र ११ गते सुर्खेतमा हुदै छ ।