शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति पु¥याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको छ । पञ्चपुरी नगरपालिकाको वडा नं ७ का वडा सदस्य रामबहादुर बुढाले दिएको जानकारी अनुसार जंगलाका झक्कड बहादुर बयक क्षेत्री, भिमबहादुर बुढा, प्रेम बयक, बिरबहादुर बुढाको २१ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ भने १ हजार कागती र सुन्तलाका बिरुवा बगाएको छ ।
त्यसैगरी वडा नं ९ को रागमा पनि बाढिले करोडौको क्षति पु¥याएको छ । स्थानिय कृष्ण प्रसाद कडेल र कर्णबहादुर चुहानको पहिरोले घर पुरेको छ भने १ भैसी, १ रागा, २ गोरु, २ बाख्रा, २ बङ्गुुुुर र २ खसी मरेका छन । त्यस्तै बाढिले खराल टोलका १४ घरमा क्षति पु¥याएको छ । वडा नं ९ कै थाकलघारी, पैराताल, जमुनाघारी, खुर्सानीबारी लगाएतका ठाउमा बाढिले क्षति पु¥याएको छ भने खानेपानी को पाइप लाइन समेत बगाएको वडा अध्यक्ष पुर्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । बाढिले पञ्चपुरी १० को राजि बस्ती, बागबजार, गल्फाका बिभिन्न ठाउमा क्षति पु¥याएको छ ।
बराहतालको वडा नं ५ को चेपाङ्गमा पनि बाढिले क्षति पु¥याएको छ । चेपाङ्गमा बाढिले १२ घरमा पुर्णरुपमा क्षति पुगेको छ भने २९ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै स्थानिय किसानले ७ बिघामा लगाएको मकै तथा धानबाली बगाएको र ४० बाख्रा, ४ गोरु र १ गाइ मरेको सुचना प्रबिधि अधिकृत गोबिन्द सिजापतीले जानकारी दिनुभएको छ ।
चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले ६ वटा घरहरुमा क्षेती पु¥याएको छ भने एउटा भैसीं पुरिएको छ । चौकुने कै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभएको छ । उहाका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षेती पुगेको छ । साथै चौकुनेको ४ नम्बर वडाका केहीँ बस्तीहरूमा बाढीले बितण्डा मच्चाएको छ ।
चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन् । ३ नम्बर वडाको गोभ्रा, शोभान चौरमामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलाबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ । यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले पूर्व चौकुने अध्यक्ष धीरबहादुर शाही, डिलबहादुर बिसी लगायतका केही घरहरु उच्च जोखिममा रहेका छन् ।
चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानविय क्षेती नभएको बताउनुभएको छ । उनले बाढीबाट प्रभावित स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यावस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिनुभएकोछ । बाढी र पहिरोका कारण चौकुने, पञ्चपुरी, बराहताल गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध भएको छ ।