पञ्चपुरीका तथा निजी सामुदायिक विद्यालयको पठनपाठन आजदेखि सुरु,

विगत चार महिनादेखि बन्द रहेका पञ्चपुरीका शैक्षिक संस्था आजदेखि सञ्चालन आएका छन् । नगरशिक्षा शाखाका अनुसार नगरपालिकामा रहेका ५३ ओटा सामुदायिक तथा १० ओटा निजी विद्यालय खुलेका छन् ।

नगरशिक्षा शाखाद्धारा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । कोरोनाका कारण गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो ।

पञ्चपुरी नगरपालिका भित्रका माद्यामिक बिद्यालयहरुले बिहान र दिउसो गरि पालैपालो अध्यापन गराउने गरेका छन । बिद्यालयमा सेनिटाईजरको प्रयोग, साबुनपानीको प्रयोग र प्रत्येक बेन्चमा २ जना मात्रै बिद्यार्थी राखेर पढाउने गरेको सुर्यप्रकाश माद्यामिक बिद्यालयका प्रधानाध्यापक गणेशकुमार ढकालले बताउनुभएको छ ।

लामो समय बिद्यालय बन्द हुदा बिद्यार्थीको सिकाई स्तर कमजोर भएको, धेरै कुरा बिर्सेको हुदा अभिभावकले घरमा पनि आफ्ना बालबालिकालाई पढ्ने बाताबरणको ब्यवस्थापन गर्न जरुरी रहेको जनजागृत बिद्यालयका प्रधानाध्यापक थानि घिमिरे बताउनुभयो ।

त्यस्तै समूह प्राथमिक बिद्यालय बाबियाचौरका प्रधानाध्यापक प्रेम बिष्टले बिद्यालयमा बालबालिकालाई सुरुमै कोरोना महामारी र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने गरेको समेत बताउनुभएको छ । बिष्टले अभिभावकलाइ घरदैलो गरेर कोरोनाको जोखिमका बारेमा जानकारी दिने निर्णय भएको समेत जानकारी दिनुभएको छ ।

यता नगरशिक्षाका स्रोत ब्यक्ति द्रोणराज पाठकले केही बिद्यालयमा अनुगमन गरिएको र बिद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...