हुमबहादुर कार्की
गुर्भाकोटमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक गुर्भाकोट नगरपालिका वडा नम्वर २ ढाबमा फेला परेको हो सोही ठाउका स्थानिय मोहन नेपालिले सालक लाई हिजो साझ करिब ८ बजे साझ फेला पारेको हुन । फेला परेको सालक लाई मालारानि प्रहरी चौकी का इन्चार्ज जग्दिश बहादुर भण्डारि लाई जिम्मा लगाएका थिए । एक रात सालकलाई प्रहरी चौकी मालारानिमा राखेका थिए । उक्त्त जन्तुलाई गुर्भाकोट २ का वडा अध्यक्ष नोख बहादुर वलिको रोहवरमा गुर्भाकोट सब डिभिजन वन कार्यालयका फरेस्ट नरबिर नेपालिको जिम्मा लगाएको थियो ।
गुर्भाकोट सब डिभिजन वन कार्यालय उचित छलफल गरि सालक को बासस्थान मा छाड्ने बताएको छ ! सालक वयस्क भाले रहेको वन कार्यलयले जनाएको छ ।
हेर्न आउने स्थानियहरुका अनुसार फेला परेको सालक १८ केजी बढि रहेको बताएका थिए । नेपालमा हाल पाँचसयका हाराहारीमा सालक रहेको अनुसन्धान ले बताएको छ । नेपालमा दुर्लभ बन्यजन्तु २७ मध्ये यो पनि पर्दछ ।
सालक दिनभर सुत्ने र रातमा खानाको खोजीमा निक्लने प्रजाती हो । यो उत्तर मोहोडाको सेपिलो र भिरालो जंगलमा बढी पाईने गर्दछन् । सालक दुर्लभ वन्यजन्तु भएकाले संरक्षित क्षेत्र घोषणा गरी यसलाई संरक्षणका लागि राख्ने गरेको छ ।