नेकपा एमाले पञ्चपुरी सुर्खेतकाे अगुवा कार्यकर्ता भेला अाज पञ्चपुरीमा सम्पन्न भएको छ ।
भेलाकाे सम्वाेधन गर्दै कर्णाली काठमाडौं सम्पर्क मञ्चका सचिब देबिराम भुसालले माधव नेपालले पार्टीमा पद नपाएर नया पार्टी गरेकाे बताएका छन । नेता भुसालले माधव नेपाल १५ बर्ष पार्टीमा रहदा पनि पार्टीले गति लिन नसकेको अाराेप समेत लगाएका छन ।
भेलाले नगर तथा वडा कमिटी बैठक तथा भेला गर्ने, सदस्यता नबिकरण गर्ने समेत निर्णय गरेकाे छ । भेलामा विभिन्न पार्टी परित्याग गरि २० जना नेकपा एमालेमा प्रबेश गरेकाे नगर कमिटी सचिब भिम बहादुर रावतले जानकारी दिएका छन ।
भेला नगर कमिटी सह संयाेजक तुलबहादुर सहकारीको अध्यक्षतामा सम्पन्न भएको हाे ।
