नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन । मंगलबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगरले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेकी छन् ।
प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यलयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन । कार्यबाहक अध्यक्ष बुढामगर संगै कार्यपालिका सदस्य बिशाल कुमार पहराइ र वडा नम्बर ४ को वडा सदस्य चन्द्रकला बिक २ जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन ।
यस अघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।