लक्ष्मी लघुवित्तद्धारा पञ्चपुरी ६ मा विमा बापतको रकम हस्तान्तरण

१६ भदौ, सुर्खेत ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा बाबियाचौरले आज बिमा बापतको रकम प्रदान गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका ६ मा केन्द्र न. ६८ समुह नं. ०१ की सदस्य गोमा वि.सी.लाई रु. २ लाख ५० हजार बराबरको चेक मार्फत नगद हस्तान्तरण गरिएको छ । संस्थाका कर्मचारी तथा अन्य सदस्यहरु सहित समुहमा पुगेर वडा नं ६ का अध्यक्ष नरबहादुर सिजापतीले चेक मार्फत नगद हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सितापतिले संस्थाले लघुवित्त कार्यक्रम मार्फत सहज र सरलरुपमा विना धितो कर्जा उपलब्ध गराउदै आइरहेको र उक्त कर्जा लिएर उत्पादनशिल क्षेत्रमा लागानी गरी कर्जाको सहि सदुपयोग गरी आत्मनिर्भर बन्न सके जीवनशैलीमा सुधार आउने बताउनुभएको थियो । सिजापतीले लघुवित्तलाई कतिपय अराजक व्यक्ती समुहले नकरात्मकरुपमा टिकाटिप्पणी गरेको देख्दा दुःख लागेको र आगागी दिनहरुमा उत्पादन क्षेत्रमा कर्जा लिई लघुउद्यम व्यावसायमा आवद्ध हुन सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।
गोमा वि.सी.का श्रीमान् कमल बहादुर वि.सी. विरामी भई अल्पायुमा मृत्यु भएको थियो । कार्यक्रममा संस्थाका शाखा प्रवन्धक ललिजन ऐडीले संस्थाको सेवा सुविधाको वारेमा, वित्तीय साक्षरता सम्बधी जानकारी, अहिलेको वित्तीय क्षेत्रमा देखिएको विषम परिस्थिती तथा ब्याजदर, नेपालको ग्रामिण अर्थतन्त्रमा लघुवित्तले खेलेको महत्वपुर्ण भुमिका आदि बारेमा जानकारी गराउनु भएको थियो ।
शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत रहेर यस पञ्चपुरी नगरपालिका लगायत विभिन्न ठाउंमा गठन भएका समुहमा आफना सदस्यहरुको सहयोगका कार्यक्रम बाहेक सामाजिक संस्थान विद्यालय, मठ, मन्दीर, तथा कला सांस्कृतीको प्रवद्र्धन तथा विकासमा आर्थिक सहयोग गर्नुको साथै आफना सदस्यका जेहेन्दार विद्यार्थी÷छोराछोरीहरुलाइ उच्च शिक्षा हासिलको लागी छात्रवृद्धी जस्ता विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...