लागूऔषध सहित पञ्चपुरीबाट १ जना पक्राउ,

270 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बराइचेबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका–४ बस्ने वर्ष २७ का मोहन शाही रहेका छन् ।

लागू औषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा आइतबार राति ८ बजेको समयमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ७ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई चेकजाँच गर्दा उनको साथबाट नापतौल गरेको शुद्ध १ सय ८० मिलिग्राम लागू औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो । हाल उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएकाे इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरिक्षक बिनाेद सुबेदिले  जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...