धर्मराज गिरीको तिज गित बैँसालु उमेर सार्वजनिक,

कलाकार धर्मराज गिरीको ‘बैँसालु उमेर नाच्दिन्छु घुमेर’ नामक तीज गीत सार्वजनिक भएको छ । सर्जक गिरीको लय÷शब्दमा तीजको नयाँ कोशेली बजारमा आएको हो । उनले युट्युब च्यानल “धर्मराज गिरी अपिÞmसियल” बाट शुक्रवार गीत सार्वजनिक गरेका हुन् । गीतमा चर्चित गायिका टीका पुनको आवाज दिएकी छन् भने भिडियोमा मोडेल दिक्षा गिरीको अभिनय रहेको छ ।

डि प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको छायांकन अर्जुन सापकोटा ले गरेका छन् । गीतको पोस्ट प्रोडक्सनको काम श्रीनाथ फिल्मस् ले गरेको छ । उक्त तीज गीतको भिडियो सम्पादन तथा कलर ग्रेडिङ निर्मल प्याकुरेलले गरेका हुन् ।
यामु मगरले कोरियोग्राफी गरेको गीतको निर्देशन भने गिरी आफैले गरेका हुन् । सुर्खेती सर्जक गिरीले यसअघि पनि थुप्रै तीजका कोशेलीहरु बजारमा ल्याइसकेका छन् । गिरीले अघिल्ला वर्षहरुमा मेरो सारी मैदानै लर्काउने, युकेको सहरमा किनेको सारी, जुरेली चरिले खायो बरिलै, काकरिको अचार, टल्कियो चोलीमा सितारा लगायतका चर्चित तीजका गीतहरु सार्वजनिक गरिसकेका छन् । ‘बँैसालु उमेर नाच्दिन्छु घुमेर’ बोलको गीतलाई पनि दर्शक श्रोताले विगतका सिर्जनाजत्तिकै रूचाउने विश्वास लिएको सर्जक गिरीले बताए ।

भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...