सुर्खेतको पञ्चपुरी नगरपालिका ६ मा फिल्टर बितरण,

94 पटक हेरिएको

९ भदौ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ६ मा आज एक कार्यक्रमका बिच फिल्टर बितरण गरिएको छ । हिमालय आशा केन्द्र र लभिङ जेनरेशं नेपालको सहयोग तथा पञ्चपुरी नगरपालिका वडा नं ६ को समन्वयमा ६५ ओटा फिल्टर बितरण भएको छ । वडाको चतुरे टोलका घरधुरीहरुलाइ फिल्टर बितरण गरिएको वडाका कार्यालयका कर्मचारी प्रेम सुनारले जानकारी दिनुभयो ।


बर्षातको समयमा खानेपानी धमिलो र चुन जस्तो सेतो कणहरु देखिएको हुदा सस्थासंग माग गरेर फिल्टर बितरण गरिएको हो । माग गरे भन्दा कम फिल्टर उपलब्ध भएको हुदा अन्य टोल पछि बितरण गर्ने वडा नं ६ का अध्यक्ष नर बहादुर सिजापतीले बताउनु भएको छ । कार्यक्रममा जेहन्दार तथा बिपन्न बालबालिकालाइ झोला समेत बितरण गरिएको छ । फिल्टर बितरण कार्यक्रम रमेश बौडेल को अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...