सूर्यतारा सिमेन्ट उद्योगमा मजदुर मृत फेला

18 पटक हेरिएको

सुर्खेत, भदौ ३ ।

सुर्खेतको चौकुने गाउँपालिका–९ सुनाकाँडामा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३२ वर्षीय श्याम बाबु राम बुधबार बिहान उद्योग परिसरमै मृत अवस्थामा भेटिएका हुन्। राम करिब दुई महिनादेखि उद्योगमा मजदुरी गर्दै आएका थिए।

प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर रामले छाती दुखेको बताएका थिए। त्यसपछि ओछ्यानमा सुतेका उनलाई केही समयपछि साथीहरूले मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे उद्योगका सुपरभाइजर बुद्धिराज रिमालले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट घाटगाउँ र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार पारी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने थप अनुसन्धान तथा आवश्यक परीक्षणपछि खुल्ने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search