सुर्खेतको पञ्चपुरीमा जन्मिएकी गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी”ले बजार तताएको छ ।
पशुपति शर्माका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ ।
हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक तथा लोकदोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा पशुपति शर्मा र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “हाई मेरी गुन्टुरी” पुजा क्षेत्री युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ ।
मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । पुजाका २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै का मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो ।
पुजाले तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको बताएकी छन । उनले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रबनाएको बताएकी छन ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।