सुर्खेतकाे पञ्चपुरीमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुदै,

457 पटक हेरिएको
सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेकाे पञ्चपुरी खेलकुद विकास समितिकाे आयाेजनामा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अबसरमा भदौकाे १६ गतेदेखि प्रथम पञ्चपुरी भलिवल कप २०८० हुने भएको हाे ।
प्रतियोगितामा सहभागीता जनाउने टिमले भदौ १४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने समितिका संयाेजक कृष्ण रावलले जानकारी दिनुभएको छ । प्रतियोगिताकाे प्रथम हुने टिमलाइ नगद १ लाख प्रमाणपत्र र ट्रफी, दाेस्राे हुनेले नगद ५० हजार प्रमाणपत्र र ट्रफी पुरस्कार दिईने आयाेजकले जनाएको छ ।
५ दिन सम्म सञ्चालन हुने भनिएकाे प्रतियोगिता पञ्चपुरीकाे बाबियाचाैरमा रहेकाे बिपी रङ्गशालामा हुने भएको छ । प्रतियोगितामा सहभागीता जनाउने टिमलाइ दर्ता शुल्क ८ हजार ताेकिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...