काठमाडौं । नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यको अधिकार कतौति गर्ने निर्णय गरेको छ । कांग्रेसले आफ्नो क्रियाशील सदस्यहरुलाई दिएको अधिकार कटौति यहि १४ औं महाधिवेशनबाट गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाउने निर्णय गरेको छ । विधानमा भएको क्रियाशील सदस्यले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ ।
अब कांग्रेसका १४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुने व्यवस्था गरिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय महाधिवेशनबाट पारित गर्ने कांग्रेसको तयारी रहेको छ ।
पार्टीले क्रियाशील सदस्यलाई सिधै गाउँ–नगरको सभापति बाहेक अन्य पदाधिकारी र सदस्य बन्ने बाटो खोली दिएको छ । यसका लागि मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय गरिएको छ ।
कांग्रेसले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ ।