नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायत प्रतियोगिताको मिति तय गरेको छ ।
कार्यसमितिको निर्णयअनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् ।