सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा,

77 पटक हेरिएको

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच, काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले चापमा गाडी चलिरहेका छन् ।

अघि बिहान साढे ४ बजेतिर झ्याप्ले खोलामा गाडी बिग्रिएकाले एकतर्फी रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । बिग्रिएको गाडी हटाउन क्रेन गइसकेकाले केहीबेरपछि दुईतर्फी नै सडक खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...