चरेससहित दुईजना पक्राउ

जाजरकोटबाट लुकाइछिपाइ अवैध लागुऔषध चरेस लिन थालेका एक भारतीयसहित दुईजनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ वर्षीय  मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खानलाई जिल्ला सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

भे १ ज ९०७ नम्बरको भाडाको बोलेरो जीपमा एक केजी चरेससहित नेपालगञ्जतफै लैजाँदै गर्दा विशेष सुराकीका आधारमा ती दुईजनालाई पक्राउ गरिएको पाण्डेले बताए । प्रहरीले खानतलासी गर्दा भारतीय नागरिक अहमदबाट ४५ हजार पाँच सय भारतीय रुपैयाँ र नेपाली नागरिक खानबाट नेपाली पाँच हजार रुपैयाँ बरामद गरिएको पाण्डेले बताए ।

जिल्ला अदालत जाजरकोटले दुवैजनालाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । दुवैजनालाई लागुऔषध कारोबार ऐनअनुसार मुद्धा दायर गरिने प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । 

पक्राउ परेकाहरुले दिएको जानकारीका आधारमा थप तीनजनालाई सोधपुछका लागि ल्याएको र घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...