कैलालीमा बेपत्ता युवतीको डेढ महिनापछि शव फेला,

कैलालीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ । जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो।  ३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। रावल डेढ महिनादेखि बेपत्ता थिइन ।

खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले जानकारी दिएका छन । ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो।
मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ । घटनास्थलमा डोरीसमेत भेटिएको हुदा उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन् । थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...