नेपाली कांग्रेस क्रियाशिल सदस्यतालाई स्थगन गरेको प्रति आपत्ति,

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का बिधि प्रक्रिया तहगत निर्णय सिफारीस भई गएका क्रियाशिल सदस्य स्थगत गराइएको प्रति नेता कार्यक्रर्ता आक्रोसित भएका छन ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ अन्र्तगतका लम्कीचुहा नगर सभापति राम बहादुर विष्ट र बर्दगोरीया गाउँपालिकाका सभापति गणेश बहादुर शाहीले क्षेत्र नम्बर २ का २२ वटा वडा बाट तहगत निर्णय र सिफारीस गरी पठाइएका क्रियाशिल सदस्य स्थगन गरेको र गर्न लगाएको बिषयमा गम्भीर ध्यानाकषर्ण भएको प्रेस बिज्ञाप्ती मार्फत आज लम्किमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

लम्कीमा दुबै पालिका कार्यसमितिका सभापतिले संयुक्त पत्रकार सम्मेलन गदै पार्टिको १४ औं महाधिबेशन सम्पन्नं गर्न प्रारम्भीक चरणमा नयाँ क्रियाशिल सदस्यता वितरणको सिलशिलामा कैलाली क्षेत्र नम्बर २ का २६ वटा वडाहरु बट बिधि विधान र प्रक्रिया अनुसार सबै तहगत निर्णय र सिफारीस भई गएका क्रियाशिल र प्रक्रिया मिचि, गुमराहामा राखि, तहगत निर्णय र सिफारीस नगराई केहि क्रियाशिल सदस्यतालाईनियत बस विवादमा हाली, हाल्न लगाई छानविन समितिले कसै संग छलफल नगराई सत्यतालाई ढाकछोप गदै सतप्रतिशत क्रियाशिल सदस्यता मध्य कैलाली जिल्ला क्षेत्र नम्बर २ का लम्किचुहा नगरपालिका १० ,बर्दगोरिया ६,मोहन्याल का ६ का २ वडा गरि २२ वटा वडाका क्रियाशिल सदस्यतालाई स्थगन गरेको र गर्न लगाएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञाप्तीमा उल्लेख छ ।

बिधि प्रक्रिया र तहगत निर्णय नगराइएका क्रियाशिल फारमलाई पास गराउन विधिवतरुपमा पठाइएका सतप्रतिशत क्रियाशिल सदस्यतालाई स्थगन गर्नु र गर्न लगाउनु र तमाम सक्रिय युवा, समाजसेवि क्रियाशिल सदीयहरुलाई १४ औं महाधिबेशनमा बञ्चित गर्नु गराउनु कदापी जायज मान्न सकिदैन बिज्ञप्तीमा उल्लेख छ ।

विधि पक्रिया मिचि तहगत निर्णय र सिफारीस नगरी नगराई राजनितिकदल समायोजन समितिले निर्देशत गरीएका मोहन सिंह राठौरका नाममा नेकपा एमाले र मधेसी जन अधिकार फोरम बाट नेपाली काङ्ग्रेसमा २०७४ प्रवेश गरि ल्याइएका नया ३ सय ७१ क्रियाशिल फारम स्थगन गरी विधिवत रुपमा पठाइएका सतप्रतिशत क्रियाशिल फारमहरु छानविन समितिको निर्णयलाई पुनरावलोकन गरी सदर गर्न गराउन यसै प्रेस विज्ञाप्ती मार्फत केन्द्रिय पदाधिकारी ज्यू समक्ष हाद्धिक अनुरोध गर्दछौ नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्ट र बर्दगोरीया गाउँ कार्यसमिति सभापति गणेश बहादुर शाही द्धारा संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञाप्तीमा उल्लेख गरीएको छ ।

कार्यक्रम महासमिति सदस्य शिवा थापा,दलबिर साउद ,पुर्ब महासमिति सदस्य घनश्याम जोसी,पुर्व क्षेत्रीय सभापति देवानन्द जैसी,महिला नेत्री शुशिला शाही ,रङ्गा भट्टराई ,नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष दिनेश भन्डारी लगायत १ सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो। लम्किचुहा नगर कार्यसमिति सभापति राम बहादुर बिस्ट्को सभापतितब भएको कार्यक्रमको संचालन सचिव ईश्वरी देवकोटाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...