पञ्चपुरी नगरपालिकाले ३ बर्षे बालिबिज्ञान अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । नगरपालिकामा रहेका ११ वटा वडाका १÷१ जना समेटिने गरि ११ जनालाई अध्ययनका लागि सहयोग गर्ने भएको हो । पञ्चपुरीको बिद्यापुरमा रहेको जनता माद्यामिक बिद्यालयमा बालिबिज्ञान अध्ययनका लागि पढाइ खर्च नगरपालिकाले ब्यहोर्ने भएको छ ।
बिद्यालयका प्रधानाध्यापक मोतिराज जोशीले बिद्यालयमा बिद्यार्थी उपलब्ध गराएर नगरपालिकाले सहयोग गरेको प्रति धन्यवाद दिनुभएको छ । साथै जोशीले बिद्यालय सञ्चालनमा आर्थिक सहयोग माग गर्नु भन्दा बिद्यार्थी उपलब्ध गराउदा थप उपलब्धि हुने बताउनुभएको छ ।
बालिबिज्ञान अध्ययन गर्न चाहने बिद्यार्थीले आ आफ्नो वडा कार्यालयमा निबेदन दिनुपर्ने र छात्रवृत्तिको लागि छनौट गरिने वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले जानकारी दिनुभएको छ । त्यस्तै नगर प्रमुख लालबीर भण्डारीले आफ्नै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरि स्वरोजगार बनाउन छात्रवृत्ति दिन लागिएको बताउनुभएको छ ।
नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भण्डारीले बताउनुभयो । कृषि बिज्ञहरु बाहिर बाट ल्याउनुपर्ने यस अघिको बाध्यता अन्त्य हुने र नगरपालिका तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनले सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
