पञ्चपुरी नगरपालिकाकाे वडा नं २ ले जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गर्ने भएको छ । आ. ब. २०७९/०८० काे बार्षिक निति तथा कार्यक्रममा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने उल्लेख गरिएको छ ।
वडा नं २ का अध्यक्ष याम बहादुर बिसीले जेष्ठ नागरिकलाई माया स्नेह तथा सहयोगकाे खाचो रहेकाे र उनिहरु सजिलै स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नसक्ने भएको हुदा यस्तो कार्यक्रम ल्याएकाे बिसीकाे भनाइ रहेकाे छ ।
“जेष्ठ नागरिकलाई घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण गराउछु” अध्यक्ष बिसी ले भने । जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम भन्दा पनि उपचार नै महत्त्वपूर्ण रहेकाे अध्यक्षले बताए । वडाले भाैतिक बिकास मात्रै नभई समुदायका लक्षित बर्गकाे क्षमता बिकासमा पनि कार्यक्रम गर्ने याेजना बनाएको छ ।
खेलकुद, शिक्षा, पुर्वाधार, सुशासन तथा सामाजिक बिकासलाइ निरन्तर रुपमा अगाडि बढाउने वडाकाे याेजना रहेकाे छ । पलैटे बजार सरसफाइ लाई बिशेष जाेड दिने समेत याेजना बनाएकाे छ ।