नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले प्रतिनिधिमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक सच्याउन आग्रह गरेका छन् । विधेयकमा राखिएको आमाको नामबाट नागरिकता पाउने मुल कानुनमा भएको व्यवस्था भन्दापनि संकुचित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
बाबुको पुष्टाइँ गर्नुपर्ने व्यवस्थाले आमालाई झन्झट भयो भनेर त्यसलाई हटाउन खोजिरहेका बेला झन् अहिले त निज र निजको आमाले गरेको स्वघोषणाको आधारमा भन्दा त एकल आमाका सन्तानले नागरिकता पाउँदैनन् ।
आमाले गरेको स्वघोषणाका आधारमा बाबु पत्ता नलागेकालाई नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए ।
उनले बैबाहिक अंगीकृतको बिषयमा राजा वीरेन्द्रको पालादेखि २०७२ सालसम्म एउटै व्यवस्था रहेको बताए । सांसद थापाले संविधान बनाउने बेलादेखि लामो समय कानुन बनाउन नसक्दा लाखौँ मानिसहरु नागरिकता पाउनबाट बञ्चित रहेको उल्लेख गरे ।