केयर नेपालको आर्थिक सहयोग तथा आवाज संस्था सुर्खेतको सहजीकरणमा वालिका शसक्तीकरण परियोजको वारेमा सरोकारवालाहरु संग समन्वयात्मक बैठक आज पञ्चपुरीको बावियाचौरमा सम्पन्न भएको छ । चौकने गाउपालिका र पञ्चपुरी नगरपालिकामा संचालन भएको कार्यक्रमको लक्ष्य उद्धेश्य र परियोजनाको कार्यक्रमको बारेमा परियोजनाका कार्यक्रम संयोजक तपेन्द्र साउदले जानकारी दिनुभएको छ ।
परियोजनाबाट १० देखी १४ वर्ष सम्मका विद्यालय बाहिर रहेका बालिकाहरु विद्यालय छोड्न सक्ने जोखिममा रहेका बालिकाहरु तथा अभिभावक हरु, विद्यालयका बाल क्लब शिक्षक तथा शिक्षिकाहरु प्रत्यक्ष लाभान्वीत हुने भएका छन् । त्यसैगरी सामुदायिक सिकाइ केन्द्र, शिक्षा युवा तथा खेलकुद शाखा सँग समेत समन्वय गरि परियोजनाले कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले नगरपालिकामा बिद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई सिकाई केन्द्र मार्फत शिक्षा प्रदान गर्ने कार्यक्रम राम्रो भएको र यसलाई सफल र उपलब्धि मुलक बनाउन नगरपालिकाले सहयोग तथा समन्वय गर्ने बताउनुभएको छ । बिद्यालय छोडेका बालबालिकालाई पुन बिद्यालय फर्काउने बाताबरण बनाउने जिम्मेवारी स्थानीय सरकारको पनि भएको हुदा समन्वय र सहकार्य निरन्तर गर्ने समेत भण्डारीले प्रतिबद्धता जनाउनुभएको छ ।
