जन्मदिनको अवसरमा रेग्मीद्वारा विद्याज्योतिका बालबालिकालाई स्टेसरी सामग्री सहयोग,

110 पटक हेरिएको

१९ असार, सुर्खेत
जन्मदिनको विशेष अवसर पारेर पञ्चपुरीको बाबियाचौरमा रहेको विद्याज्योति माध्यमिक विद्यालयका बालबालिकाहरूलाई स्टेसरी वितरण गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ मा रहेको पञ्चपुरी अस्पतालका सञ्चालक सिद्धराज रेग्मीको ५२ औँ र उनका छोरा रोशन रेग्मीको २६ औँ जन्मोत्सवको अवसर पारेर विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई स्टेसरी सहयोग गरिएको हो । स्टेसनरी सामग्री सहयोग गर्दै रेग्मीले जन्मोत्सव मनाएर अनावश्यक फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई गरेको सहयोगले उपलब्धि हुने बताउनुभएको छ ।

साथै उहाँले प्रत्येक वर्ष आफूले जन्मोत्सवको अवसरमा विभिन्न सामाजिक सेवा गर्दै आएको र यसबाट अन्य व्यक्तिहरूले पनि सिकाई गर्न जरुरी रहेको बताउनुभएको छ । रेग्मीले जन्मोत्सवको अवसरमा ५ हजार बराबरको स्टेसनरी सहयोग गर्नुभएको हो । सामग्री ग्रहण गर्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई गरेको सहयोगले उनीहरूको पढाइमा थप ऊर्जा प्राप्त हुने समेत बताउनुभएको छ । साथै उहाँले सहयोग गर्ने ब्यक्ती र निकायलाई धन्यवाद समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...