जेष्ठ नागरिक संजाल संस्था पञ्चपुरी सुर्खेतकाे आयाेजनामा पञ्चपुरीका जेष्ठ नागरिकहरुलाई झुल बितरण गरिएको छ । नगरपालिकामा बिपन्न जेष्ठ नागरिक हरुलाई प्रत्येक वडामा ५ जनाका दरले ५५ वटा झुल र मास्क बितरण गरिएको हाे ।
पञ्चपुरी नगरपालिकाकाे सहयाेगमा कार्यक्रम भएको हाे । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले आफुहरुले भेला भएर छलफल गर्ने भवन बनाउनकाे लागि नगरपालिकामा आग्रह गर्ने समेत बताएका छन ।
कार्यक्रम संजालका अध्यक्ष गंगाराम देउवाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।