काेराेनाबाट ज्यान गुमाएकाहरुकाे सम्झनामा दिप प्रज्वलन,

नेपाल शिक्षक महासंघ नगर समिती पञ्चपुरी सुर्खेतको आयोजना कोभिड १९ का कारण ज्यान गुमाएका शिक्षक कर्मचारी बिध्यार्थी लगाएत सम्पुर्णको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।

पञ्चपुरी नगरपालिकाकाे कार्यालय परिसरमा अाज मृतककाे सम्झनामा दिप प्रज्वलन गरिएकाे हाे । महासंघले बिद्यालय सञ्चालन गर्नुपुर्व सबै शिक्षक तथा बिद्यार्थीकाे काेराना जाँच गर्ने बाताबरण मिलाउन माग समेत गरिएको महासंघका अध्यक्ष गंगाराम घिमिरे जानकारी दिनुभयाे ।

कार्यक्रममा नगरप्रमुख उपेन्द्र बहादुर थापाले काेराेना महामारी बाट ज्यान गुमाएका ब्यक्तिहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएकाे छ । साथै थापाले काेराेनाकाे जाेखिम समुदायमा कायमै रहेकाे हुदा यसबाट बच्न सबैले सावधानी अपनाउन समेत अाग्रह गर्नुभएको छ ।

कार्यक्रमकाे सञ्चालन महासंघका सचिब हरिप्रसाद ढकालले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...