बिशालु च्याउ खादा पञ्चपुरीमा १ जनाकाे ज्यान गयाे,

पञ्चपुरी नगरपालिका वडा नं ८ मा बिशालु च्याउ खादा १ जनाकाे ज्यान गएकाे छ ।

४ दिन अगाडि जंगलबाट ल्याएकाे च्याउ खादा कालासाेताका धनसिंह बि.क काे उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएकाे उनका अाफन्त ललित सुनारले जानकारी दिएका छन ।

च्याउ खाएर बिरामी परेका श्रीमान, श्रीमतीकाे प्रदेश अस्पतालमा उपचार भएकोमा धनसिंहकाे श्रीमतीकाे उपचार पछि सञ्चाे भएको छ ।

४ दिन अगाडि बिशालु च्याउ खाएका उनिहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...