समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना मुलक कार्यक्रम अन्तरगत चौकुने गाउपालिका ९ को घाटगाउमा अबैध गाँजा नष्ट गरिएको छ ।
अस्थाई प्रहरी पोष्ट घाटगाउ सुर्खेतका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मनोज कुमार शाहीको कमाण्डमा ३ जना प्रहरी टोली गस्ती गर्दै जाँदा चौकुने गाउपालिका वडा नं. ९ को घाटगाउँ पुल वरपरी आफै उम्रिएको १५० बोट गाँजा फडानी गरी स्थानिय ब्यक्तिहरुको रोहबरमा नष्ट गरिएको ।

त्यसैगरी हिजो नै प्रहरी चौकी बिद्यापुर सुर्खेतका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बम बहादुर खड्काको कमाण्डमा पञ्चपुरी नगरपालिका वडा नं. ९ बिद्यापुर बजारमा अबैध घरेलु मदिरा बरामद गरिएको छ ।
बजारका बिभिन्न ठाउबाट ४० लिटर अबैध घरेलु मदिरा र मदिरा राख्ने भाडाहरु ११ थान बरामद गरी स्थानियहरुको रोबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।