पञ्चपुरी नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०७८–०७९ का लागि ७० करोड ८० लाख १९ हजार ६ सय ४१ रुपैया बराबरको बजेट ल्याएको छ । नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले गत आ ब र आगामी बर्ष हुने आय ब्ययको अनुमानित बिबरण प्रस्तुत गर्नुभएको हो ।
विहिवार नगरपालिकाको नवौँ नगरसभामा नगर प्रमुख उपेन्द्र बहादुर थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निति तथा कार्यक्रममा वडा नम्वर ५,९, १० र ११ लाइ बदाम र तर्बुजा खेतीका लागि जोडदिने भएको छ ।
त्यस्तै १ हजार भन्दा बढि कुखुरापालन गर्ने कृषकलाइ खोर ब्यवस्थापनका लागि अनुदान दिने भएको नितिमा समेटिएको छ ।
नगरपालिका भित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ घरमै पुगेर निशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । सार्बजानिक स्थल, सरकारी तथा निजी संस्थाहरुको २ सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रि बितरणमा रोक लगाइने समेत निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
खानेपानीका श्रोतहरुको संरक्षण गर्दै खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभाले निति तथा कार्यक्रम र बजेट बहुमतद्धारा अनुमोदन समेत गरेको छ ।
सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छबिलाल सिग्देलले सभाको सफलताको शुभकामना समेत दिनुभएको छ ।सभामा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले गर्नभएको हो ।