सुर्खेत दैलेख सडक खण्डकाे कपासे नजिकै बाेलेर जीप दुर्घटना भएकाे छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेकाे माैसमी राडरकाे मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे ।
बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेकाे सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा एक जनाकाे मृत्यु भएपनि उनकाे पहिचान खुलेकाे छैन् । दुर्घटनामा चार जना घाइते छन् ।
उनीहरुकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । ओभर स्पीडका कारण जीप दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे गप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।