८ असार, सुर्खेत ।

सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं ६ साल्मदेखि पञ्चपुरी आउँदै गरेको ट्याक्टर दुर्घटना हुदा २ जनाकाे घटना स्थलमै ज्यान गएकाे छ । कर्णाली प्रदेश ०२-००१ त ०२८३ नम्बरको ट्याक्टर ९ जना कामदार लिएर फर्कने क्रममा गएराती साल्म नजिकै दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा पञ्चपुरी नगरपालिका वडा नं ८ दुलालथाईका राजु वि.क र भुवाने कामी (भुलाल ) रहेका छन । दुर्घटनामा गाडीका चालक र सहचालक सहित ९ जना घाइते भएका छन । घाइते मध्ये ३ जनालाई उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर लगिएको छ भने बाकि ६ जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा उपचार भैरहेको छ ।












