जुम्लाका १६ घर पहिरोकाे जाेखिममा,

जुम्ला – हिमा गाउँपालिकाका १६ घर पहिराेकाे जाेखिममा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका-६ को खलढुङ्गा, डाँडाबाँडा र अर्को एक गाउँका गरी १६ घर पहिराेकाे जाेखिममा परेका हुन् । पहिराेकाे जाेखिममा रहेका १६ घरका ११७ जनालाई आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ । 

स्थानीय सूर्य अधिकारीका अनुसार लगातारकाे वर्षाका कारण बारी र घरहरु भत्किन थालेपछि उनीहरु विस्थापित भएका हु्न् । बस्तीलाई एक वर्ष अगावै  दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सानुपर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बस्तीका मानिसलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएकाे जानकारी दिनुभयाे ।  तर बस्ती पहिराेकाे जोखिममा रहेकाले दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यक रहेकाे उहाँले बताउनु भयाे।

अध्यक्ष शाहीका अनुसार गएकाे वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले बस्ती सार्ने निर्णय गरी सघन सहरी सङ्घीय आयोजनाबाट केन्द्रमा पठाइएको थियाे । उहाँले सरोकारवाला निकायहरुलाई स्थलगत अनुगमनका लागि अनुरोध गर्नुभएकाे छ। ujyaalo
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...