आगामी बजेट निर्माणका लागि सरोकारवाला संग पञ्चपुरीमा छलफल सम्पन्न,

आ.ब. २०८०÷०८१ मा बिनियोजन हुने बजेट तथा योजनाका बारेमा सुझाव संकलन आज पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकामा रहेका राजनीति दल, समाजसेवी, बुद्धिजीवी संघसंस्थाका प्रतिनिधि लगाएत सरोकारवाला निकायको सहभागीता रहेको थियोे ।
छलफलका सहभागीहरुले नगरपालिकाले सरोकारवाला निकाय संग समन्वय गरि यसरी सुझाव संकलन गरेको पहिलोपटक भएको र यसले स्थानीय निकाय संग थप समन्वय बढ्ने बताएका छन । छलफलका सहभागीहरुले आगामि दिनमा आउने बजेटमा शिक्षा, कृषि, स्वरोजगार र पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने जोड दिएका छन । समयमै काम सम्पन्न नहुने, बजेटको दुरुपयोग हुने भुक्तानीमा ढिलासुस्ती हुने र काममा गुणस्तरीयता कम हुने कुरालाई विशेष प्राथमिकता दिएर सुधार गर्नुपर्नेमा बताएका छन ।
त्यस्तै नगरको समग्र बिकासका लागि प्रोफाईल तयार गरी योजना बाडफाड गर्नुपर्ने समेत सुझाव दिएका छन । १ वडा १ प्राबिधिक ब्यवस्थापन गर्नुपर्ने, बिद्यार्थी कम भएको बिद्यालयलाइ मर्ज गर्नुपर्ने, कृषि पकेट क्षेत्र घोषणा गर्नुपर्ने, सामाजिक बिकृति तथा बिभेदका बिरुद्ध योजना तयार गर्नुपर्ने, नगरपालिकामा बाकी रहेका ऐन कानुन तथा निर्देशिकालाई पुर्णता दिन पनि सहभागीहरुले आग्रह गरेका छन ।
कार्यक्रमका सहभागीहरुको सुझाव संकलन पछि नगरप्रमुख लालवीर भण्डारीले सबैको सुझावलाई मध्यनजर गर्दै आगामी बजेट तथा योजना निर्माण गर्ने बताउनुभएको छ । नगरप्रमुख भण्डारीले सबैको सुझावले योजना निर्माण गर्न थप सहज भएको बताउनुभएको छ । नगरपालिकाले तयार गरेको योजना तथा बजेट कार्यान्वयन गर्न सबैको रचनात्मक सहयोग हुनेमा समेत भण्डारीले बिस्वास ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...