अछाममा जिप दुर्घटना हुदा ७ जना घाइते

अछाममा जिप दुर्घटना भएको छ। सोमबार बिहान साढे १० बजेतिर साँफेबगरबाट मंगलसेन जाँदै गरेको जीप साँफेबगर नगरपालिका ८ चण्डिका जमालगाउँमा दुर्घटना भएको हो।

जिपमा सवार चालक सहित घाईते सात जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।जिप चालक कुवेर कुवँरले चलाएको से.१ज ६५४ नम्बरको जिप दुर्घटना भएको हो।

घाइते हुनेमा मेल्लेख गाउँपालिका १ रिषीदहका १८ बर्षका रेवन्त रावल, ढकारी गाउँपालिका ३ नवाँगाँउका ७५ बर्षिय भगी राम कामी,गाउँपालिका २ हिच्माका ५१ बर्षिय लालु बिक,सोही ठाउँकी ४५ बर्षिय उज्जला बिक,बाजुरा बुढिगंगा नगरपालिका २ बजेडी कि १८ बर्षिय शुस्मिता जैशी र बाजुरा बुढिगंगा नगरपालिका ६ माल्ताका ३३ चन्द्र प्रकाश जैशी रहेका छन।

<

घाइते मध्ये मेल्लेख गाउँपालिका १ रिषीदहका १८ बर्षका रेवन्त रावलको बायाँ खुट्टा भाचिएको र अन्य हरुलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तिब्र गति ओरालोमा मोड्न नसक्दा जिप दुर्घटना भएको अनुमान गरिन्छ।सडकमा लगाईएको सुरक्षाबारका कारण जिप ठुलो दुर्घटनाबाट बचेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...