पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयो,

बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाकाे ज्यान गएको छ । 

बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिककाे राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेकाे सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएकाे छ। दिउँसै बाघकाे आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...