महिला स्वास्थ्य स्वयंसेविकाद्धारा पञ्चपुरीका जनप्रतिनिधिहरुलाई सम्मान,

35 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । पञ्चपुरी नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आज बाबियाचौरमा सम्मान गरेका हुन ।

सम्मान कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले आगामि आर्थिक बर्षको बजेटमा आफुहरुलाई, यातायात, खाजा खर्च तथा स्वास्थ्य बिमाको ब्यवस्था गरिदिन समेत नगरपालिका समक्ष माग राखेका छन । उनिहरुले आफुहरुलाइ प्राथमिक उपचारका लागि तालिम तथा क्षमता र योग्यता अनुसारको पारिश्रमिकको ब्यवस्था गरिदिन पनि माग राखेका छन ।

कार्यक्रममा वडा अध्यक्षहरुले आ आफ्नो वडाहरुमा स्वास्थ्य स्वयंसेविका हरु संग छलफल गरि आबश्यक माग सम्वोधन गर्ने समेत बताएका छन । त्यसैगरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले नगरपालिका यस अघि पनि सुत्केरी तथा महिलाहरुका लागि कार्यक्रम ल्याएको र यसपटक पनि स्वास्थ्य स्वयंसेविकाहरुको माग सम्वोधन हुने समेत बताउनुभएको छ ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले महिला स्वास्थ्य स्वयंसेविका हरुले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाको आन्तरिक श्रोतको पहिचान गरि नगरपालिकावाट हुन सक्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका पबित्रा बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...